तरबारको सामान तरबार बाटै गरिने छ, दलित शब्दलाई सदाको लागी खारेज गर्नु पर्छ : विप्लव (भिडियो सहित)

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलित शब्दलाई विश्व शब्दकोश र कानुनबाट हटाउनु पर्ने बताएका छन् ।

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलित शब्दलाई विश्व शब्दकोश र कानुनबाट हटाउनु पर्ने बताएका छन् । आज शनिवार नेपाल दलित मुक्ति मोर्चाको धनगढीमा हुने पाँचौँ राष्ट्रिय सम्मेलनको धनगढीमा उद्घाटन समारोहमा सम्बोधनका क्रममा महासचिव विप्लवले सो कुरा बताएका हुन् ।

उनले सबैको रगत, श्रममा कुनै भेदभाव नभएको बताउँदै दलित शब्द लाई खारेज गर्नु पर्ने बताए । संसारमा उच्च जाती र नीच जाती नभएको तर समाजमा बलिया र अगाडि बढेकाहरूले श्रमिक बर्गलाई हेप्न खोज्नेहरूले यस्तो छुट्याएको बताए । उनले जातीयबाद विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी डटेर लाग्ने बताए ।

जातीय भेदभाव गर्नेहरू अरूको पसिना लुटेर खान खोज्नेहरू रहेको बताउँदै चन्दले तरबार र बन्दुकको बलमा विभेद गर्न खोजिन्छ भने तरबारको सामान तरबार बाट गर्ने चेतावनी दिँदै विप्लवले कानुन र पैसाको भर कसैले भेदभाव गर्न चाहन्छ भने त्यसको विरुद्ध प्रतिकार गर्न नेपाल कम्युनिस्ट पार्टी सधैँ अग्रपंतिमा उभिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार