आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन प्रदेशको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भूभागहरुमा आंशिक  बदली  रही  बाँकी भूभागको मौसम सामान्यतया सफा  रहेको  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २९ गते (सोमबार) 

दिउँसो :  देशका पहाडी  भूभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

राती : देशको पहाडी भूभागहरुमा आंशिक बदली  रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

कार्तिक ३० गते (मंगलबार) 

दिउँसो :  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भूभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली  रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

मंसिर ०१ गते (बुधबार) 

दिउँसो :  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।

राती : प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली  रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार