‘भोलिको नेपाल बन्द सफल पारौँ’ भन्दै विप्लव नेकपाद्वारा धनगढीमा मसाल जुलुस, के-के सुचारु हुन्छन् ?

धनगढी : भोलिको नेपाल बन्द सफल पारौँ भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले धनगढीमा मसाल जुलुस निकालेका छन् । नेपाल बन्दको पुर्वसन्ध्यामा धनगढीमा पनि राँके जुलुस निकालिएको हो ।

दिनप्रतिदिन भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विप्लवले साङ्केतिक रूपमा नेपाल बन्दको घोषणा गरेको जिल्ला सचिव दीपेन्द्र चलाउनेले बताए । ‘पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको भार नेपाली जनताले थेग्न सक्दैनन्’, उनले भने, ‘देउवा सरकारले नेपाली जनताको आहारा खोसेको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले भोलि मंगलवार नेपाल बन्दको आह्वान गरेको छ। त्यस्तै नेपाल आयल निगमले नागरिकलाई मर्का पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै नेपाल बन्दमार्फत सांकेतिक चेतावनी दिएको चलाउनेले जानकारी दिएका छन् ।

  • नेपाल बन्दमा के-के सुचारु हुन्छन् ?

नेपाल कम्युनस्ट पार्टीले पेट्रोलियम, खाद्यान्नलगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलबारका लागि आह्वान गरिएको नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ।

नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् । नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि बन्दमा साथ दिन आह्वान गरेको छ ।

यसै क्रममा नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जुलुस निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर वि’द्रो’ह गर्न बा’ध्य पारेको बताए । उनले आज साँझको मसाल जुलुस र भोलि मङ्गलबारको नेपाल बन्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार