युवा संघ नेपाल धनगढीको नगर कमिटी गठन, अध्यक्षमा तामाङ

युवा संघ नेपाल धनगढीको नगर कमिटी गठन, अध्यक्षमा तामाङ

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भ्रातृ संगठन युवा संघ नेपाल धनगढी उप-महानगरपालिका कमिटी गठन गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै जोन तामाङको अध्यक्षतामा ६५ सदस्यी कमिटी गठन गरिएको हो ।

युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं कैलालीका सह-इञ्चार्ज ओम बिक्रम चन्दको अध्यक्षता र केन्द्रिय कमिटी सचिव एवं केन्द्रिय कार्यालय प्रमुख नरेश गिरीको प्रमुख आतिथ्यतामा सो कमिटी घोषणा गरिएको हो । यस्तै पिपुल्स भोल्युन्टियर संयोजक योगेन्द्र नाथ र सचिबमा सुरज धामीलाई चयन गरिएको सह-इञ्चार्ज ओम बिक्रम चन्दले जानकारी दिए ।

यस्तै नगर कमिटी घोषणा कार्यक्रममा केन्द्रिय कमिटी सचिब एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठ, केन्द्रिय स्थायी कमिटी सदस्य एवं कैलाली जिल्ला इञ्चार्ज राजु बम, केन्द्रिय सचिवालय सदस्य मोहन साउँद र बबि सोडारीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार