नेकपा एसको सुदूरपश्चिम प्रदेश कार्यालय उद्धघाटन : अध्यक्ष नेपाल भन्छन्, ‘योगदानका आधारमा मूल्याङ्कन हुन्छ’

सुदूरपश्चिम प्रदेशमै नम्बर १ पार्टी बनेको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन गर्नुभएको छ । अध्यक्ष नेपालले बिहीबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गर्नुभएको हो ।

तत्कालीन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो । धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको हो । कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सुदूरपश्चिम प्रदेशमै नम्बर १ पार्टी बनेको दाबी गर्नुभयो । पार्टी कार्यालय लुछाचुँडीको लडाई लाई सम्झिँदै नेता नेपालले नेकपा एमाले गैर कम्युनिस्टको आचरण अङ्गाल्नेहरूको अखडा बनेको आरोप लगाउनुभएको छ ।

त्यस्तै नेता नेपालले नेकपा एकीकृत समाजवादी पार्टी कम्युनिस्ट सिद्धान्तप्रति समर्पित हुने र कम्युनिस्ट आचरणलाई अङ्गीकार गर्ने पार्टी बन्ने बताउनुभयो । उदाउने क्रममा रहेको आफ्नो पार्टीमा देश र जनताको सेवामा समर्पित रहने नेता तथा कार्यकर्ताहरू सँगालो बन्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले विगतमा भएका कमीकमजोरीलाई केलाउँदै आगामी दिनमा अझै बलियो भएर पार्टीलाई उचाइमा पुर्‍याउने समेत बताउनुभएको छ । पार्टीले आउँदा दिनमा योगदानका आधारमा सही नेतृत्वको मूल्याङ्कन गर्ने बताउनुभयो । एकीकृत समाजवादीमा रहेका नेता तथा कार्यकर्ता कम समयमा पार्टीका लागि ठुलै योगदान दिएको र पार्टी सदैव देश र जनताको हितका लागि रहने नेपालको भनाई रहेको छ ।

नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका माधव कुमार नेपाल अहिले पार्टीको सङ्गठन निर्माणमा देश दौडाहामा छन् । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लगाएर नेपालले २० प्रतिशत पार्टी सदस्य पु¥याएर दल विभाजन गरेका हुन् । नेकपा एकीकृत समाजवादी गठन सँगै सरकारमा समेत सहभागी भएका नेपाल अहिले देश भरी आफ्नो सङ्गठन निर्माणमा जुटेका छन् । देश भरी सङ्गठन निर्माणमा दौडिरहेका नेपाल सुदूरपश्चिम प्रदेशमा बढी केन्द्रित छन् । नेपाल सुदूरपश्चिमका हरेक जिल्लामा पुगेर सङ्गठन निर्माणमा जुटिरहेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार