कानुनमन्त्री जोशीद्धारा नेपाल आयल निगम धनगढीको निर्माणधीन ट्याङ्कर पार्किङ स्थलको निरीक्षण

कानुन मन्त्री जोशीद्धारा नेपाल आयल निगम धनगढीको निर्माणधीन ट्याङ्कर पार्किङ स्थलको निरीक्षण
पार्किङ स्थलको निरीक्षणमा मन्त्री जोशी

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले नेपाल आयल निगम धनगढीको निर्माणधीन ट्याङ्कर पार्किङ स्थल को निरीक्षण गर्नु भएको छ ।  सोमबार मन्त्री जोशीले भन्सार रोडको विद्युत कार्यालय नजिकै निर्माणाधीन पार्किङ स्थलको निरीक्षण गर्नु भएको हो ।

अहिले सम्म आयल निगमले धनगढीको चटकपुरस्थित छ लेन सडकमा पार्किङ गरिएका ट्याङ्करहरू पार्किङ गर्दै आएको छ । मन्त्रालयले सडकमा पार्किङ गरेका ट्याङ्करहरूलाई व्यवस्थापन गर्न पटक-पटक आयल निगम धनगढीसँग आग्रह गरेको थियो ।

आयल निगमले भन्सार रोडको विद्युत कार्यालय नजिकै निर्माण गर्दै आएको पार्किङ स्थल १५ दिन भित्रै कार्य सम्पन्न हुने आयल निगम धनगढीले जनाएको छ । यस अघि सडक क्षेत्रमा जथाभाबी ट्याङ्कर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार