बाईक पारखीहरूका लागि धनगढीमा डिभा मोटर्सले ल्यायो जावाको नयाँ मोटरसाइकल

बाईक पारखीहरूका लागि धनगढीमा डिभा मोटर्सले ल्यायो जावाको नयाँ मोटरसाइकल

धनगढी : बदलिँदो विश्व र विकासका सँगै मोटरसाइकल पारखीहरूका लागि धनगढीमा डिभा मोटर्सले जावाको नयाँ मोटरसाइकल ल्याएको छ ।

नेपालका लागि जावा मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आज देखि धनगढीबाट मोटरसाइकलको बिक्री वितरण सुरु गरेको हो ।

धनगढी ४ बोराडाडी आर्मी ब्यारेक अगाडि स्थित डिभा मोटर्सले आधिकारिक बिक्रेताको रूपमा मङ्गलवार वाट मोटरसाइकल बिक्री वितरण सुरु गरेको डिभा मोटर्सका सञ्चालक गोविन्द रेग्मीले जानकारी दिनुभएको छ ।

मोटरसाइकल शोरुमको सुदूरपश्चिम डिलर एसोसिएसन (साडा) का अध्यक्ष एवं कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले उद्घाटन गर्नुभएको हो । युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएको जावाले युवाहरूको मन जित्ने अध्यक्ष ओझाले बताउनुभयो । सुदूरपश्चिममा टु ह्विलरका लागि नेपालमै सबैभन्दा बढी डिलरहरू रहेको र मोटरसाइकल पारखीहरूका लागि खुसीको कुरा भएको ओझाले बताउनुभएको छ ।

हाललाई जावा पिराक सिंगल सिटर र जावा ४२ सिंगल र डबल एबियसमा उपलब्ध हुने बताउँदै डिभा मोटर्सका प्रोप्राइटर गोविन्द रेग्मीले छिट्टै स्कुटर सहित अन्य मोडलहरू उपलब्ध गराउने बताउनुभएको छ । यो मोटरसाइकल पारखीहरूका लागि समय अनुसारको माग भएको बताउँदै उहाँले, बजार मूल्यमै पाइने यो बाईकले बाईक सोखिनको मन जित्न बताउनुभएको छ ।

अहिले पिराकको मूल्य ७ लाख ५० हजार रहेको छ । त्यस्तै जावा ४२ सिंगल एबिएसको ६ लाख २० हजार र डबल एबियसको ६ लाख ४७ हजार रहेको मूल्य रहेको सञ्चालक रेग्मीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार