धनगढी एयरपोर्ट देखी भजनी सम्म, माओवादी अध्यक्ष प्रचण्डले के-के भने ?

नेकपा एकीकृत समाजवादी पनि आफ्नै पार्टी जस्तो भएको भनाई

धनगढी एयरपोर्ट देखी भजनी सम्म, माओवादी अध्यक्ष प्रचण्डले के-के भने ?

धनगढी : बुधवार बिहान कैलालीको भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न धनगढी आइपुगेका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धनगढी एयरपोर्ट तथा नगरपालिका भवन उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा आफू प्रधानमन्त्री जस्तै भएको देखी नेकपा एस आफ्नै पार्टी जस्तो भएको सम्मका विभिन्न अभिव्यक्ति दिएका छन् ।

बुधवार बिहान धनगढी एयरपोर्ट ओर्लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् ।
‘अहिले सरकार यता उता गर्ने भन्ने केही छैन । त्यस्तो कुरा चलेको पनि छैन । कसैले उठाएको पनि छैन । त्यस कारण सरकारले ढुक्कसँग जनताको पक्षमा काम गर्न केही व्यवधान छैन ।’ उनले भने ।

त्यसै क्रममा उनले, गठबन्धन आवश्यक रहेको बताएका छन् । अन्तरक्रियाका क्रममा काँग्रेसका नेताहरूले गठबन्धन आवश्यक नरहेको बताउन थालेका छन् । एमाले सँग एक्लै लड्ने आट नगर्नु भएको हो ? भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले, ‘अब होइन त्यस्तो छैन । कोही-कोही लाई के दाग्दै छ भने अब महाधिवेशन आएको छ । कोहीलाई लाग्छ गठबन्धन बलियो बनाएर जाने भन्यो भने भेट धेरै आउँछ कि महाधिवेशनमा, कोहीलाई विरोध र्गयो भने भने भोट आउँछ कि भनेर भन्या हो । भित्र सबैको एउटै छ । गठबन्धन त चाहिन्छ भन्ने छ । गठबन्धन तोड्ने त्यस्तो नि कहीँ हुन्छ र ? गठबन्धनले मजाले प्रधानमन्त्री हुन पाइएको छ । मन्त्री बन्न पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ? त्यो कहीँ कतै मिल्ने कुरै हैन नि त्यो ।’ उनले भने ।

सङ्घीय सरकारमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एस लगायतका पाँच दलको गठबन्धनको सरकार रहेको छ ।
त्यस्तै, प्रचण्डले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् । प्रचण्डले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने आवाज बलियो रूपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने ।

पटक पटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकै पटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

यस्तै, प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रूपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टपेमाथि गएर अर्को निर्णय गर्ने बताए ।

त्यसै गरी, कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन पश्चात् सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि आफ्नै पार्टी जस्तो भएको बताएका छन् । उनले भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले बुझाएको ज्ञापन पत्रमा उल्लेखित बुँदाहरूमा ध्यानाकर्षण भएको जनाउँदै सो कुरा बताएका हुन् ।

मेयर चौधरीले बुझाएको ज्ञापन पत्रमा उल्लेखित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी अस्पताल बनाइनुपर्ने बुँदामा सरकारको ध्यानाकर्षण गराउने र माग पुरा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष दाहालले सो माग सामान्य भएको पनि बताए ।

‘प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नती गरी अस्पताल बनाइनुपर्ने यो पनि गाह्रो कुरा छैन । म स्वास्थ्य मन्त्रालय पनि अब मेरै पार्टी नभए पनि मैरै पार्टी, पार्टी जस्तो हामीले साजवादी पार्टी लाई धेरै सहयोग गरेका छौँ । त्यस कारण उहाँ स्वास्थ्य मन्त्री लाई पनि भनेर यो काम अगाडी बढाइन्छ । युवाहरूको स्वास्थ्य तथा सिपको समेत विकाश होस भनेर रङ्गशाला निर्माण गर्नु का साथै भूमिहीन, सुकुम्वासी हरूको समस्या पनि चाँडै समाधान गरिने छ ।’ उनले भने ।

त्यस्तै, प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री भन्दा कम नभएको दाबी गरेका छन् । उनले अघिल्लो सरकारमा हुँदा केपी शर्मा ओलीले जनताको राम्रो काम होस भन्ने नचाहेकोसमेत आरोप लगाए ।

‘जनताको पक्षमा प्रचण्डले बोले भने केपी ओलीले सुन्न नचाहने। त्यसैले त बालकोट पुगे नि, उनले भने, ‘अहिले त्यस्तो छैन । हुन त प्रधानमन्त्री त म होइन तर, प्रधानमन्त्री भन्दा कम पनि छैन । अर्थ मन्त्रालय हामीसँगै छ । भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ । युवाहरूको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ । यसपालि केपी ओलीको जस्तो हुँदैन ।’

उनले, ‘आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरू फेरी सलबलाउन थालेका छन् । पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएको प्रचण्डले भने ।’

उनले राष्ट्रिय एकता कायम नभएसम्म आफूहरूको लडाइँ जारी रहने बताउँदै भने, ‘अब हामी शान्तिपूर्ण तरिकाले आवश्यक संविधान संशोधन गरेर अगाडि बढिनेछौँ। माओवादी केन्द्र बलियो भयो भने राष्ट्रले निकास पाउँछ । माओवादी केन्द्र कमजोर भयो भने पाएका उपलब्धि पनि गुम्छन् ।’

प्रचण्डले माओवादीलाई मधेसी तथा थारुहरू माझ खुइल्याउने प्रयास भइरहेको आरोप समेत लगाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार