लोकसेवाको विज्ञापन खोल्न ७ दिनभित्र दरबन्दी विवरण बुझाउन प्रदेश सरकारको निर्देशन

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

धनगढी: सुदूरपश्चिममा लोक सेवा आयोग खोल्नका लागि रिक्त दरबन्दीको विवरण ७ दिनभित्र बुझाउन प्रदेश सरकारले मातहतका मन्त्रालय, विभाग र कार्यालयहरुलाई निर्देशन दिएको छ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मातहतका मन्त्रालय र निकायलाई प्रदेश लोक सेवा आयोगले माग गरेअनुसार रिक्त दरबन्दीको विवरण बुझाउन निर्देशन दिएको हो।

लोक सेवा आयोगले प्रदेश सरकारले स्वीकृत दरबन्दीमा रिक्त कर्मचारीको विवरण माग गरेबमोजिम प्रदेश सरकार मातहतका मन्त्रालय, विभाग र निकायले रिक्त कर्मचारी विवरण  मंसिर १३ गतेसम्म पठाइ सक्नुपर्ने छ। त्यसपछि लोक सेवा आयोगले रिक्त दरबन्दीमा विज्ञापन खोल्ने बाटो खुल्ने छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार