बडुवाल हत्या प्रकरणमा अर्को ‘ट्विस्ट’ : होटेलमा दुई पेस्तोल फेला, बर्दियाबाट मोटरसाइकल बरामद

दुई पेस्तोल फेला

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट बरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्कुटर फेला पर्न बाँकी छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल बरामद गरेको छ । बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले हत्या गरेको थियो । नवीनको समूहले विभिन्न घटनामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरामद भएको पेस्तोल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो । घटनाबारे प्रहरी अनुसन्धानमा जुटेको छ । भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।

होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नवीन हाल फरार छन् । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी छ । जसमध्ये १० जना पक्राउ परिसकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार