अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ: ओली

अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ: ओली

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्षमा नेपालको पनि हिस्सा भएको दाबी गरेका छन् । आज (शुक्रबार) चितवनमा एमालेको दशौँ महाधिवेशन उद्घान सत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले थुप्रै काम गरेको बताउँदै अब अन्तरिक्षमा नेपालको पनि हिस्सा रहेको दाबी गरेका हुन् ।

महाधिवेशन उद्घान सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ । अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी गरेको छ । समुद्रमा पनि हक छ । मलाई खुसी लागेको छ । समुद्रमा स्टिमरमा यात्रा गरिहनुभएको छ । जलमार्गका सम्बन्धमा भारतसँग सहाकार्य भइरहेको छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार