SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमा मछापुछ्रे अर्ग्यानिक कफी हाउस सञ्चालनमा

२० लाखको लगानी

धनगढीमा मछापुछ्रे अर्ग्यानिक कफी हाउस सञ्चालनमा

धनगढी : सुन्दर सुदूरपश्चिमको अस्थायी राजधानी सुन्दर नगरी धनगढीमा २० लाखको लगानीमा माछापुच्छ्रे अर्ग्यानिक कफी हाउस सञ्चालनमा आएको छ ।

सोमबार देखि धनगढी स्थित वडा न. २ बस पार्क नजिकको एभरेस्ट बैङ्क लि को पछाडि रहेको उक्त कफी हाउसको राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय अध्यक्ष सोम विक्रम सिंह र आई.एस.टी.एफ (international soft tennis federation) का अध्यक्ष विनयविक्रम शाहले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।

पवन सेर चन्द, अर्जुन थापा, हेमन्त अधिकारी र सन्दीप कार्की ४ जना युवाहरू को संयुक्त लगानी रहेको कफी हाउसमा नितान्त विभिन्न प्रकारका नेपाली ‘ब्राण्डेड’ कफी हरूको स्वाद लिन सकिन्छ ।

२० लाखको लगानीमा धनगढीमा फरक स्वाद दिने उद्देश्यका साथमा कफी हाउस सञ्चालनमा ल्याएको कफी हाउसका सञ्चालक पवन शेरचनले बताए । यो पोखराको माछापुच्छ्रे अर्ग्यानिक कफी हाउसको शाखा हो, उनले भने, ‘४ जनाको संयुक्त लगानीमा यो कफी हाउस सञ्चालनमा ल्याएका हौँ । सुरुको एक वर्ष घाटामै गएर भए पनि ग्रहकालाई सेवा दिन्छौँ !’

पछिल्लो समय नयाँ पीढी कपिप्रति आकर्षित हुँदै गएको छ र कफिका थुप्रै फाईदापनी छन्, अर्का सञ्चालक हेमन्त अधिकारीले भने, ‘अरू कुराको लत लगाउनुभन्दा कफी प्रेमी बनाउनकै लागि धनगढीलाई केन्द्रित गर्दै कफी हाउस खोलेका हौँ । त्यस्तै उनले धनगढीको माग अनुसारको स्वाद दिने बताएका छन् । उनले थपे, अहिले नितान्त कफीको स्वाद मात्रै दिन्छौँ तर भावी दिनमा फुड रेस्टुरेन्ट नै सञ्चालन गर्ने लक्ष्य छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार