सुदूरपश्चिम प्रदेशका ३५४४ जना एचआइभी संक्रमीत औषधीको पहुँचमा !

विश्व एड्स दिवस

सुदूरमा ३५४४ जना एचआइभी संक्रमीत औषधीको पहुँचमा, कैलालीका सबै भन्दा बढी

धनगढी : सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ४४ जना एच.आई.भी. संक्रमीत बिरामीहरू उपचार रथ अवस्थामा रहेको जनाईएको छ । विश्व एड्स दिवसको पूर्व सन्ध्यामा मङ्गलवार धनगढी स्थित जिल्ला स्वास्थ्य कार्यालय कैलालीमा पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा सो बारे जानकारी गराइएको हो ।

सुदूरपश्चिम प्रदेश भर १७ वटा एआईटी साइटहरूबाट गत आर्थिक वर्षमा ३ हजार ४ सय ७३ जनाले उपचार गराई रहेका छन् । भने चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ३ हजार ५ सय ४४ जना एचआइभी एड्स सङ्क्रमित बिरामीको नियमित उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका एचआइभी एड्स फोकल पर्सन मनोज ओझाले जानकारी दिनुभयो ।

संक्रमीत सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेका ९ ओटै जिल्ला मध्ये कैलालीमा सबैभन्दा बढी १ हजार ६ सय ९ जना, अछाममा ६ सय ८५ जना, डोटीमा ४ सय ८९ जना, कञ्चनपुरमा ३ सय ६२ जना, बैतडीमा १ सय ८ जना, बाजुरामा ५९ जना, दार्चुलामा ४०, डडेल्धुरामा १ सय १० र कञ्चनपुरमा ३ सय ६२ जनाले औषधी सेवन गरिरहेको ओझाले बताउनुभयो ।

ओझाका अनुसार यसको औषधि जीवनभर खानुपर्ने हुँदा चेक गर्दै जाँदा यसको सङ्ख्या बढ्दै जान्छ । भने उपचारको प्रक्रिया भन्दा बाहिर गए वा कोही कसैको ज्यान गएमा मात्रै सो सङ्ख्या घट्ने जनाइएको छ ।

एच.आई.भी सङ्क्रमणबाट बच्न सुरक्षित यौन सम्पर्क गर्ने, कण्डमको प्रयोग गर्ने तथा एच.आई.भी सर्ने तरिकाबाट जोगिन सके यो रोग सङ्क्रमण बाट मात्रै जोगिन सकिने ओझाको भनाई रहेको छ ।

अहिले एच.आई.भी सङ्क्रमितको लागी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्घीय सरकारबाट तोकिएका कार्यक्रम, तालिम, लाञ्छना भेदभावबाट हटाउन तालिम, काउन्सिीलिङ को व्यवस्था र प्रदेश सरकारको तर्फबाट पोषण भत्ता स्वरूप केही रकम वितरण गर्ने गरेको ओझाले जानकारी दिनुभयो ।

यस्तै, सबैभन्दा बढी संक्रमीत उपचाररत अवस्थामा रहेको कैलाली जिल्लाका जनस्वास्थ्य अधिकृत एवम् स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल ब. धामीले पछिल्लो वर्ष जिल्लामा तुलनात्मक रूपमा एचआइभी सङ्क्रमित बिरामीको सङ्ख्या घट्दो क्रममा रहेको बताउनुभयो ।

धामीका अनुसार कैलालीको गोदावरीमा रहेको मालाखेती सामुदायिक अस्पताल, सेती प्रादेशिक अस्पताल र टिकापुर लगायतका स्थानबाट एआरटी औषधी वितरण गर्ने गरिएको छ । यसले गर्दा औषधिको पहुँच बढेको बताइएको छ ।

साथै, कुनै घरमा एच.आई.भी, एड्स सङ्क्रमण देखिएमा घरका सबै सदस्यलाई परीक्षण गराई अरूलाई सङ्क्रमण हुन बाट जोगाउन र औषधि सेवन गरिरहेका हरुले पनि नियमित स्वास्थ्य जाँच गर्न जनस्वास्थ्य अधिकृत धामीले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार