कैलालीको धनगढीमा २ दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु

कैलालीको धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु

धनगढी : कैलालीको धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको छ ।

प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको हो । तालिम आज र भोली चौलानी डिपार्टमेन्ट पछाडीको निको हलमा सञ्चालन हुनेछ ।

उद्यम व्यवसाय गर्दै आएका युवाहरुले दिगो आर्जन र दिगो व्यवसाय कसरी गर्न सक्छन भन्ने उद्धेश्यका साथ दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिमको आयोजना गरिएको प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

आजबाट सुरु भएको तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवा व्यवसायी र विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिम भोलीसम्म सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार