देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरे सँगै सुदूरपश्चिममा काँग्रेस प्रदेश अधिवेशन सुरु

धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु

देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरे सँगै सुदूरपश्चिममा काँग्रेस प्रदेश अधिवेशन सुरु

धनगढी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । सुदूरपश्चिममा पनि कांग्रेस प्रदेश अधिवेशन सुरु भएको छ । धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु भएको हो ।

अधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गरे । प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ अछाम र बाजुराका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन् । पहाडि जिल्लाबाट नेता तथा कार्यकर्ताहरु आउनेक्रम जारी रहेको अधिवेशन मुल आयोजक समितिले जनाएको छ ।

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि आकांक्षी कांग्रेस नेताहरुले दौडधुप तीव्र बनाएका छन् । आकांक्षीहरु उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार