धनगढीको माईलस्टोन बोर्डिङ स्कुलमा ‘विद्यार्थी सङ्ग ट्राफिक प्रहरी’

धनगढीको माईलस्टोन बोर्डिङ स्कुलमा 'विद्यार्थी सङ्ग ट्राफिक प्रहरी'

धनगढी : धनगढीको माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलमा राष्ट्रिय सरोकार मञ्च कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजनामा ‘विद्यार्थी सङ्ग ट्राफिक प्रहरी’ कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रमबाट विद्यार्थीहरूले ट्राफिक नियमहरूको बारेमा आवश्यक जानकारीका साथै आफ्ना जिज्ञासाका प्रतिउत्तर समेत प्राप्त गरेको माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल विद्यालयका अध्यक्ष भुवन मल्लले जानकारी दिए ।

यस्तै, विद्यार्थीसँग ट्राफिक प्रहरी अभियान कैलालीका लागि यो नौलो अभियान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । उनले सकेसम्म धेरै जनमासमा सचेतना फैलाउने ट्राफिक प्रहरीको उद्देश्य भएको बताए ।

माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल परिवारले राष्ट्रिय सरोकार मञ्च कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीप्रति आभार व्यक्त गरेको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार