काँग्रेसको १४औँ महाधिवेशन, सुदूरपश्चिमका २ सहित २७ जनाले लिए उम्मेदवारी फिर्ता

कांग्रेस महाधिवेशन

धनगढी : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयन फिर्ताको समय तोकिएको छ । हालसम्म २७ जनाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिएका छन् ।

बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा तोकिएको थियो । त्यस्तै १२ बजेसम्मका लागि थप गरिएकोमा पुनः १२ः३० बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । भने दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

  • सुदूरपश्चिमका २जनाले लिए उम्मेद्धारी फिर्ता :

केन्द्रीय सदस्यका उम्मेदवार गोबिन्द बोहरा र भक्तबहादुर बलायरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नेपाली काँग्रेसको जारी १४औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बोहरा र बलायरले डा.रणबहादुर रावलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य (प्रदेश) पदमा उम्मेदवारी दिएका छन् । शनिबार सो पदमा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार