कोरोनाले २ वर्षसम्म स्थगित सुदूरपश्चिम महोत्सवको तयारी थालियो, पुसभित्रै लाग्ने

पार्टीगत कार्यक्रम भइरहँदा किन महोत्सव लगाउन नहुने ?

कोरोनाले २ वर्षसम्म स्थगित सुदूरपश्चिम महोत्सवको तयारी थालियो, पुसभित्रै लाग्ने

धनगढी : वि.स २०६३ साल देखी निरन्तर लाग्दै आएको सुदूरपश्चिम महोत्सव २ वर्ष पछि लाग्ने भएको छ । चीनको उहान सहरबाट उत्पत्ति भएको कोरोना भाइरस कोभिड-१९ का कारण विगत २ वर्ष देखी स्थगित भएको सुदूरपश्चिम महोत्सव यसपालि भने लाग्ने भएको छ ।

सुदूरपश्चिम बासी नागरिकहरूको पर्वका रूपमा स्थापित भएको सुदूरपश्चिम महोत्सव लगाउनका लागी निरन्तर छलफल थालिएको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्प राज कुँवरले जानकारी दिनुभयो ।

विगतका वर्षमा लगाउने भने पनि कोरोना भाइरसका प्रभावका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नको लागी नलगाइएको भए पनि यो वर्ष भने पुस देखी माघ महिना भित्र महोत्सव लगाउनको लागी प्रशासन, पत्रकार, बुद्धिजीवी, व्यवसायी, स्वास्थ्यकर्मी, उद्योगकर्मी तथा विभिन्न पेसाकर्मीहरू बिच निरन्तर छलफल तथा अन्तरक्रियाको क्रममा पनि सकारात्मक सुझाव आइरहेको हुँदा महोत्सव लगाउने तयारीका साथ अगाडि बढेको अध्यक्ष कुँवरले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधिहरू शून्य भएको बेला यहाँको कला, संस्कृति, उद्योग, व्यवसायको प्रवद्यर्धनका निम्ति पनि सबै तहबाट महोत्सव लगाउन सकारात्मक सुझाव आइरहेको र सबै पार्टी हरूको महाधिवेशन लगायत पार्टीका विभिन्न कार्यक्रमहरू भइरहेको अवस्थामा महोत्सव मात्रै नलगाउने भन्ने कुरा नहुने भएकोले सुदूरपश्चिमको व्यवशयीक, सांस्कृतिक र आर्थिक पाटो सबल बनाउन स्वास्थ्यका मापदण्ड अपनाउँदै महोत्सव लगाउने आवश्यक तयारी भइरहेको कुँवरको भनाई रहेको छ ।

उहाँले, ”सबै सकारात्मक हुनुहुन्छ । यहाँका स्थानीय व्यवशायीक तथा आर्थिक गतिविधिहरू लाई पनि चलायमान बनाउन भए पनि महोत्सव लगाउन पर्छ भन्ने सबैको सुझाव रहेको छ । अहिले सबै पार्टीका महाधिवेशन विभिन्न पार्टीगत कार्यक्रम भइरहेका छन् । भने किन महोत्सव लगाउन नहुने ? त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै महोत्सव सञ्चालन हुने मिति चाँडै सार्वजनिक गछौं ।” कुँवरले भन्नुभयो ।

यस्तै, कुँवरले महोत्सव नलाग्दा उद्योग वाणिज्य महासङ्घको मात्रै नभई समग्र सुदूरपश्चिम प्रदेश वासीले घाटा बेहोर्नु परेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सुदूरको पहिचान बनाउन सफल सुदूरपश्चिम महोत्सव लगाउन जरुरी रहेको बताउनुभयो ।

वि.स २०६३ साल देखी सुदूरपश्चिम महोत्सवको आयोजना भइरहँदा वास्तवमै सुदूर नेपाललाई चिनाउने एउटा आधार बनेको थियो । यद्धपी कोरोना महामारीले विगत दुई वर्ष देखी स्थगित भइरहँदा सुदूरपश्चिम वासीले कला, संस्कृति, स्थानीय उत्पादन, पर्यटन तथा व्यवशयीक रूपमा ठुलो क्षेती व्यहोर्नु परेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार