आमाको माया छात्रबासलाई बालवालिकाको सहयोग

आमाको माया छात्रबासलाई बालवालिकाको सहयोग

धनगढी : कैलालीको धनगढीमा सञ्चालीत एक तालिमका सहभागि वालवालिकाहरुले व्यक्तिगत रुपमा रकम संकलन गरि छात्राबासलाई सहयोग हस्तान्तरण गरेका छन् ।

युनिसेफ नेपालको सहयोग, धनगढी उप–महानगरपालिकाको सहकार्य र बास नेपालको आयोजना वालवालिका तथा युवाहरुको सहभागितामा सञ्चालीत तिन दिन क्षमता अभिबृद्धी तालिमका सहभागिहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

तालिममा सहभागि ३० जना वालवालिका तथा युवाहरुले प्रतिब्यक्ति १ सय रुपैया संकलन गरि जम्मा भएको २ हजार ४ सय ४५ रुपैयाँ धनगढीको तारानगमा रहेको आमाको माया छात्राबासमा पुगेर हस्तान्तरण गरेका हुन । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलासँगै सहभागिहरुले संयुक्त रुपमा छात्राबासलाई रकम हस्तान्तरण गरेका हुन । उक्त छात्राबासमा विपन्न परीवारका २९ जना बालवालिका निशुल्क रुपमा बस्दै आएका छन् ।

तालिममा सहभागी बालबालिकाहरुले आफ्नो खाजा खर्च बचाएर छात्राबासलाई आर्थीक सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन् । तालिमको अवसरमा मानविय कार्य गर्न उत्प्रेरणा दिने आयोजक प्रति सहभागि बालवालिकाहरुले धन्यबाद ज्ञापन गरे ।

सहयोग हस्तान्तरण कार्याक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, बासका निर्देशक हेमराज भट्ट, बास कैलालीका अध्यक्ष पाण्डव पुजारा, तेज बोहरा लगाएत वालवालिका र युवाहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार