बैतडीको पुर्चौडीमा परिवार दलको पहल तथा टीजुचीको सहयोगमा राहत वितरण

बैतडीको पुर्चौडीमा परिवार दलको पहल तथा टीजुचीको सहयोगमा राहत वितरण

बैतडी : नेपाल परिवार दलको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा बैतडीको बिकट क्षेत्र पुर्चौडी हाटमा खाद्यान्न तथा राहत वितरण गरिएको छ।

पीडित परिवार तथा आर्थिक अवस्था कमजोर भएकालाई केही सहयोग गर्ने उद्देश्य सहित निरन्तर राहात वितरणमा खटिएको नेपाल परिवार दल र टीजुची फाउण्डेशनले आज बैतडी जिल्ला पुर्चौडीमा खाद्यान्न तथा राहत वितरण गरेको हो।

नेपाल परिवार दलको युवा नेता खडक नागरी र बैतडी जिल्लाका पार्टीका जिल्ला सदस्य सुदर्शन भट्टको पहलमा तथा टीजुची फाउण्डेशनको सहयोगमा बैतडीको पुर्चौडी हाट भटनाका ४० घरपरिवारलाई प्रतिपरिवार २५ केजी चामल १० केजी ज्ञान आटा मसुरको दाल, चना, तेल,नुन, ४ पिस साबुन वितरण गरिएको नेपाल परिवार दलको युवा नेता खडक नागरीले जानकारी दिए ।

यस्तै, विकट ठाउँमा राहत लिएर गएका पार्टीका नेता नागरीलाई स्थानीय बासिन्दाले धन्यवाद दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार