धनगढीमा एकै दिन ‘हेलो मार्ट’ का २ शाखा सञ्चालन, किसानका उत्पादनलाई आधुनिकता सँग जोड्ने

मार्टमा जिउँदै कालिज समेत पाईने

धनगढीमा एकै दिन ‘हेलो मार्ट’ का २ शाखा सञ्चालन, किसानका उत्पादनलाई आधुनिकता सँग जोड्ने

धनगढी : किसानका उत्पादनलाई मार्टको माध्यमबाट आधुनिकता सँग जोड्ने उद्देश्य सहित कैलालीको धनगढीमा हेलो मार्टका २ वटा शाखा सञ्चालन आएका छन् ।

बुधवार धनगढी उप-महानगरपालिकाको फरक-फरक स्थान चटकपुर र बुद्ध चोक कृषि विकास बैङ्क नजिक ‘हेलो मार्ट’ का शाखा सञ्चालनमा आएका हुन् ।

चटपुरमा रहेको शाखाको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गर्नुभएको हो । भने बुद्ध चोकमा रहेको शाखाको धनगढी उप-महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले उद्घाटन गर्नुभएको हो ।

मार्टका शाखा विस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्दै सेवाग्राहीले गुणस्तरीय सामान पाउने अध्यक्ष कुँवरले बताउनु भयो । पछिल्लो समय कैलालीमा जनघनत्व बढ्दै गएको र सबैले स्तरीय समान खोज्ने हुँदा मार्ट निकै उपयोगी हुने उहाँले बताउनुभयो । आवश्यक पर्ने सबै सामान एकै ठाउँमा पाउने र समयको सदुपयोग हुने भएका कारण पनि मानिसले मार्टलाई रुचाएको उहाँको भनाई थियो । मार्ट देशको अर्थ तन्त्रसँग जोडिएको र यसले केही मानिसलाई रोजगारी दिने कुँवरले बताउनुभयो ।

यस्तै, मार्टको उद्घाटनपछि शुभकामना दिँदै वडाध्यक्ष नारायण बरालले धनगढीमा यस्ता मार्ट सञ्चालन हुनु खुसीको कुरा भएको बताउनुभयो । मार्ट सञ्चालन भए सेवाग्राही ठगिने समस्याको अन्त्य हुने र गुणस्तरीय सामान उपलब्त्र हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । धनगढीमा मात्र नभई देशका विभिन्न ठाउँमा शाखा विस्तार गरी प्रगति गर्दै अगाडी बढ्नु भनी वडाध्यक्ष बरालले शुभकामना दिनुभएको छ ।

१५ करोडको लगानीमा सञ्चालन भएको मार्टको अर्को शाखा यही मङ्सिर ९ गते अत्तरियामा उद्घाटन गरिन सञ्चालन राजु बोहराले बताए । सबै सामान एकै ठाउँमा पाउने गरी सेवा ग्राहीलाई सहज होस भन्ने उद्देश्यले मार्ट सञ्चालन गरेको बताए । कैलाली सहित सुदूरपश्चिमका विभिन्न ठाउँमा मार्टका शाखा विस्तार गर्दे लैजाने र सस्तो मूल्यमा न्यून नाफा खाई गुणस्तरीय सामान उपलब्ध गराउने गरी मार्टको विस्तार गरिएको बोहराले बताए ।

  • किसानका उत्पादनलाई प्राथमिकता

किसानका उत्पादनलाई बजारीकन गर्ने उद्देश्यसहित धनगढीमा मार्ट सञ्चालन गरिएको छ । किसानले उत्पादन गरेका बस्तु बजारमा पुर्‍याउन नसक्दा समस्या भइरहेको बेला हेलो मार्टले गाउँ घरमा उत्पादन भएका बस्तुको बजारीकन गर्ने सञ्चालक झपट बोहराले बताए ।

यहाँका जनता र समयको माग अनुसार मार्ट सञ्चालन गरेका हौँ । उनले भने ‘कोभिड जस्ता समस्या नआएमा एक वर्ष भित्र १० वटा मार्ट खोल्ने लक्ष्य लिएका छौ । बिचौलियाका कारण किसानले उत्पादन गरेका बस्तुले उचित मूल्य नपाउने र किसानहरू उत्पादन गर्नै छोड्ने अवस्था सिर्जना भएका बेला हेल्लो मार्टले सबै उत्पादनलाई बजारीकन गर्ने बताए ।

विशेष गरी तरकारी तथा फलफूल, नगदे बाली, स्याउ, सुन्तला, दूध कुखुरा, कालिज लगायत स्थानीय स्तरमै उत्पादन हुने किसानका अर्ग्यानिक बस्तुलाई प्राथमिकतामा राखिएको छ । नेपाली बजार र अन्तर्राष्ट्रिय बजारमा पाइने सामान मात्र नभई नेपाली समाजमा उत्पादन हुने विभिन्न बस्तुलाई मार्टले प्राथमिकतामा राख्ने छ । एउटै ठाउँमा सबै सामान पाउने गरी कैलालीका विभिन्न ठाउँमा मार्ट सञ्चालन हुने क्रम बढिरहेको बेला हेल्लो मार्टले पनि आफ्ना शाखा विस्तारको क्रम बढाएको छ । पुस ९ गने कैलालीको अत्तरियामा र केही समयपछि लक्कीमा पनि मार्ट सञ्चालन गर्ने तयारी भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार