धनगढीको एक्सीस विद्याश्रमका ४ छात्रले बनाए विधुतीय चार पाङ्ग्रे कार  (फोटो समाचार)

सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार

धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार

धनगढी : कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार  निमार्ण गरेका छन्  । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले सो कार निमार्ण गरेका हुन् ।

कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा  सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए ।

घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ । “लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ,” थापाले भने, “यो अवधिमा धेरै समस्या पनि आए,त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ ।”

कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पडाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्याट्रीको प्रयोग गरिएको छ ।   बाँकी तस्बिरबाट…

धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार