बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा प्रसिद्ध मौलिक पर्व भुवा मनाउने

विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइने

बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा प्रसिद्ध मौलिक पर्व भुवा मनाउने

धनगढी : बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा यस क्षेत्रको प्रसिद्ध मौलिक पर्व भुवा मनाउने भएको छ । पुसे औँसी देखि भुवा पर्व सुर हुन्छ । यस वर्षको औँसी आइतबार परेको छ । आइतबार धनगढीको खुल्ला मञ्चमा बिहानै मुढा जलाएर सुरुवात गरिने छ ।

आइतबार दिउँसो ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी ले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले जानकारी दिएका छन् । शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरी पर्वका बारेमा जानकारी गराएको हो ।

भुवा पर्व सुदूरपश्चिमको पहाडी जिल्लामा मनाइने विशेष चाड हो । धनगढीको खुल्ला मञ्च (पुरानो एयरपोर्ट) मा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइने समाजका अध्यक्ष थापाले बताए । आइतबार र सोमबार गरी दुई दिन खुल्ला मञ्चमा भुवा नाच खेलाइने छ । भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने पर्व हो । भुवा पर्व मनाउन बाजुराबाट बसाइसराई गरी आएकाहरू सक्रिय हुने गरेका छन् ।

असत्यमाथि सत्यको विजय अर्थात् कौरवमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिबिम्बका रूपमा भुवा पर्व मनाउने चलन सुरु भएको बाजुरा रेली सेवा समाजका सल्लाहकार सदस्य कुलबहादुर हमालले बताए । भुवामा दमाहाको बाजासँगै ढाल तरबार सहित चाली खेलेर मनाइने गरिन्छ ।

भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । हमालले भने ‘भुवा प्राचीन संस्कृति हो । प्राचीरकालीन युद्धको भाका हो । कौशलको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ, हाम्रो पहिचान हो ।’

भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झना तथा पाण्डवहरूको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको अधिकारी बताउँछन् । खुल्ला मञ्चमा भुवानाचका साथै देउडा पनि लगाइने समाजका कोषाध्यक्ष धुर्बबहादुर सिंहले जानकारी दिए ।

प्रदेश सरकारले भुवा पर्वको अवसरमा भुवा पर्व मनाइने सुदूरपश्चिमका तीन जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ । बाजुरा, अछाम र बझाङमा सार्वजनिक बिदा दिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार