SKIP THIS

धनगढी उप-महानगरपालिका

सरकारी तवरबाट किसानका उत्पादनहरूको मूल्य निर्धारण गर्न माग !

पशु कल्याण सुनिश्चित हुनुपर्ने...

''एक दिन होइन हरेक दिन, अण्डा र मासु भान्साको शान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन'' भन्ने नाराका साथ धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ धनगढीमा सम्पन्न भएको छ ।

धनगढी : ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ धनगढीमा सम्पन्न भएको छ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समिति, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कैलाली, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कञ्चनपुरको आयोजनमा शनिवार एक कार्यक्रमबाट बिच नऔं पोल्ट्री दिवस मनाइएको हो ।

”एक दिन होइन हरेक दिन, अण्डा र मासु भान्साको शान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन” भन्ने नाराका साथ धनगढीमा आयोजित कार्यक्रमबाट पोल्ट्री क्षेत्रको वृद्धि विकासको लागी सीमा नाकामा अवैध चोरी निकासी नियन्त्रण, वैज्ञानिक ढङ्गबाट सरकारी निकायबाट चल्ला तथा दानको मूल्य निर्धारण गर्न माग गरिएको छ ।

कार्यक्रममा एनिमल नेपालको पिँजडा मुक्त खोरको अभियानकी अभियान कर्ता मधु कट्टेलले पिँजडा मुक्त खोरको निर्माण गरिनु पर्ने र गसुपंक्षिलाई बाचुन्जेल सास्ती रहित वातावरण हुनुपर्ने माग गर्नुभयो । जनावरले खुल्ला, स्वतन्त्र रूपले खान, बाँच्न र समयमै उपचार पाउनुपर्ने कट्टेललको भनाई थियो । ”अहिले नेपालको धेरै ठाउँमा पिँजडा अथवा बन्द खोरमा क्रूर तथा निर्दयी तरिकाले कुखुरा पालन गरेको देखिन्छ । त्यसको निवारणको निम्ति एनिमल नेपालले देशका विभिन्न स्थानमा गएर विद्यार्थी तथा पोल्ट्री व्यवशायीहरुलाई ‘अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडामुक्त प्राकृतिक वातावरणमा बाँच्न देऊ’ भन्ने नारालाई आत्मसाथ साथ गर्दै प्रशिक्षण समेत दिदैआएको छ ।” उहाँले भन्नुभयो ।

त्यस्तै, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले सरकाले कच्चापदार्थ तथा दानाहरूको राजस्व घटाइ किसानलाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बन्न सहयोग गर्न आग्रह गर्नुभएको छ । अहिले कच्चा पदार्थको अभाव रहेको नाथको भनाई छ । ”अहिलेको प्रमुख समस्या कच्चा पदार्थको रहेको छ । सो समस्याको निवारणको निवारण गर्न सरकारले सहयोग गरिदिए किसानहरूलाई राहत हुने थियो । राज्य पक्षले राहत दिँदा पनि मन्त्रालयमा झोला बोकेर पुग्ने भन्दा पनि वास्तविक किसानको पहिचान गरी राहत ऋण, सैेलियत दिनु पर्‍यो । सरकाले सहयोग र पहल कदमी गरिदिए दाना तथा अन्य आवश्यक कच्चा पदार्थ यही उत्पादन गर्न सक्छौँ । किसानका समस्या गहन रूपले अध्ययन गरिदिन सम्बन्धित निकाय समक्ष आग्रह गर्दछौँ ।” उहाँले भन्नुभयो ।

यसै गरी, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ कैलालीका अध्यक्ष भुवन पाण्डेयले सुदूरपश्चिम प्रदेश पनि पोल्टी क्षेत्रमा आत्मनिर्भर भइरहेकोले सुदूरपश्चिम प्रदेश सरकारले व्यवसाय दिगो पार्नको लागी सीमा नाकामा भइरहेको अवैध चोरी निकासी नियन्त्रण गरी वैज्ञानिक ढङ्गबाट सरकारी निकायले चल्ला तथा दानको मूल्य निर्धारण गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले पोल्ट्री दिवस राष्ट्रिय कार्यक्रम अरुबेला अन्य प्रदेशमा मनाइरहेको भए पनि यो वर्ष सुदूरपश्चिमको धनगढीमा मनाइएको बताउँदै सीमा नाका मा भएको समस्या समाधान, अवैध चोरी निकासी नियन्त्रण गरिनुपर्ने बताउनुभयो । ”सरकारी तवरबाट उत्पादनको मूल्य निर्धारण, वैज्ञानिक ढङ्गबाट दाना र चल्लाहरूको मूल्य निर्धारण हुने छ । भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले भन्नुभयो ।

पाण्डेयले पशु पंक्षि कल्याण सुनिश्चित गर्न पोल्ट्री व्यवसायीले खोरहरूमा के-कस्तो व्यवस्था मिलाउनुभएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै आफूहरूले कुखुरा पाल्दा समयमै दान पानी दिने, खुल्ला खोरमा राख्ने तथा ढुवानी गर्दा झुण्डुयार नलग्ने र सटर हाउसले पनि विना यातना सटरीङ गर्नु पर्ने कार्यहरू लागु गर्ने क्रममै रहेको र सञ्चालन गरेका खोरहरूमा सो नियमहरू पालना गर्दै आइरहेको बताउनुभयो ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार