पिंजडामुक्त खाेरकाे नारा सहित एनिमल नेपाल धनगढीमा

पिंजडामुक्त खाेरकाे नारा सहित एनिमल नेपाल धनगढीमा

धनगढी : शनिबार नवाैं पाेल्ट्री दिवस २०७८ नेपाल अण्डा उत्पादक संघ केन्द्रिय समिति र कुखुरा तथा अण्डा उत्पादक संघ कैलाली/कन्चनपुरकाे सयुुक्त आयोजनामा धनगढीमा कार्यक्रम गरिएको थियो ।

वि.स. २०१७ साल पुस १७ गते राजा महेन्द्रले ह्याचरि उद्घाटन गरेको दिन । तसर्थ पुस १७ गतेलाई पोल्ट्री दिवसको रुपमा मनाउँदै आएको पाइन्छ ।

यसै दिनलाई पाेल्ट्री दिवस मनाउने क्रममा आज सुदुर पश्चिम धनगढीमा किसानहरुकाे बाक्लाे उपस्थिति थियाे । विभिन्न जिल्लाका साना किसान, मझाैला किसान र ठुला किसानहरुकाे सहभागिता थियाे ।

यस कार्यक्रममा एनिमल नेपालकाे पनि सहभागिता थियाे । नवाैं पाेल्ट्री दिवसका दिनमा ‘पिंजडा मुक्त खाेरकाे अभियान मानवताकाे पहिचान’ , ‘कुखुराकाे कल्याण सुनिश्चित गर’ जस्ता नारा बाेकेर एनिमल नेपालका कर्मचारी पाेल्ट्री र्यालीमा उपस्थित थिए ।

पिंजडामा पालिएका कुखुरालाइ धेरै नै सास्थी हुने र पिंजडामा पालिएका कुखुराकाे कल्याण सुनिश्चित नहुने हुनाले पिंजडामुक्त अभियान सुरु गरेकाे एनिमल नेपालकी अभियान कर्मी मधु कट्टेल बताउँछिन् ।

उनका अनुसार आवाज विहिनहरुकाे आवाज नै एनिमल नेपाल हाे । एनिमल नेपालले विगत कयाैं वर्ष देखि नै पशु कल्याणकाे क्षेत्रमा काम गर्दै आइरहेकाे छ ।

कट्टेलले पोल्टी व्यवसायतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको र  पछिल्लो समयमा लगानीकर्ताको पनि संख्या धेरै भएकाे बताउदै  व्यावसाय गर्ने भन्दैमा कुखुराकाे कल्याणलाई वास्ता नगरी व्यवसाय नगरिदिनु हुन किसानलाई आग्रह समेत गरेकाे पाइन्छ ।

कार्यक्रममा एनिमल नेपालका कर्मचारीले विभिन्न किसिमका उपभाेक्ता सचेतनामुलक व्रुसर, पमप्लेटहरु कार्यक्रममा सहभागी सबैलाई दिदै कुखुराकाे कल्याण सुनिश्चित हुनु पर्याे भन्दै किसानलाई झकझकाएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार