निर्मला हत्याकाण्ड : शंकास्पद एक जना भारतीय नागरिक पक्राउ

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

धनगढी : कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ ।

पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे विस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कदै गर्दा बलात्कारपछि हत्या भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार