SKIP THIS

धनगढी उप-महानगरपालिका

सुदूरपश्चिमबाट एमालेले तोक्यो पुराना वामपन्थी नेता भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार

सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता डिल्लीराज भट्ट

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता डिल्लीराज भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गरेको छ ।

एमालेले भट्टलाई सुदूरपश्चिमको खुला क्षेत्रबाट उम्मेदवार बनाएको हो । भट्ट अहिले एमालेका केन्द्रीय सल्लाहकार सदस्य रहेका छन् ।

त्यस्तै, एमालेले सुदूरपश्चिमबाट महिलातर्फ सन्तोषकुमारी शर्मा र दलितबाट नरेश विकलाई समेत उम्मेदवार बनाएको छ ।

सात वटै प्रदेशमा पुस २० गते उम्मेदवारको मनोनयन र माघ १२ गते निर्वाचन हुँदै छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार