धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव २०७८ माघ १८ गते देखि सञ्चालन हुने (भिडियो सहित)

माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने

सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि आयोजना हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो ।

धनगढी : सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि आयोजना हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो । यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्प राज कुँवरले जानकारी दिए ।

यस सुदुरपश्चिम महोत्सव २०७८ मा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि चार सय भन्दा बढीको संख्याको स्टलहरुको सहभागीता रहने उनले बताए । महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ । भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको सङ्घका अध्यक्ष कुँवरले जानकारी दिए ।

सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदुरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने छ भन्ने विश्वास लिइएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मुल समितिसहित २१ उप समिति रहने आयोजकले जनाएको छ ।

हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड-१९ का कारण हुन सकेको थिएन ।

यस्तो छ प्रेस विज्ञप्ति :

सम्पूर्ण पत्रकार मित्रहरू, प्रेस विज्ञप्ति 
     
सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक,सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति वाट गुज्रिरहेको उद्योग व्यवसायलाई आसावादी बनाइ पुनर्स्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने विश्वास सहित कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवको १५ औ संस्करणको रूपमा सुदूरपश्चिम महोत्सव २०७८ भव्यरुपमा मिति २०७८।१०।१८ गते देखि २०७८।१०र२९ गते सम्म  आयोजना गर्न ब्यहोरा उपस्थित सम्पूर्णमा जानकारी गराउँदछौ  । 

वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा,केरा,पोल्ट्री,दुग्धजन्य पदार्थ,च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिनेछौ ।

सांस्कृतिक रूपमा धनी सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण सँगै विगतका दिनमा महोत्सवले उत्पादन गरेका कलाकारहरू आज जसरी देश विखेशमा ख्याती कमाएका छन सोही कार्यलाई निरन्तता दिदै यस क्षेत्रका  कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिइने छ ।
 यस क्षेत्रका उद्यमी व्यवसाय उत्पादनहरु लाई प्राथमिकता दिईने भने नेपाल अधिराज्य वाट पनि आउने उद्योगी व्यवसायीहरुलाई सम्मानित रूपमा सहभागिता गराइने छ ।

सुदुरपश्चिमका परिकार सहित का महोत्सव स्थलमा खाना खाजाको स्टल रहने छन । महोत्सवमा १ करोड वढीको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने छ । यस सुदूरपश्चिम महोत्सव २०७८ मा कृषि,जडिवुटी,हस्तकला ,फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि ३०० भन्दा बढीको संख्याको स्टलहरु  को सहभागीता रहने छ । 

महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरेको गरिने छ  भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । 

सुदुरपश्चिमवासीले गर्व र पर्वको रूपमा मान्दै आएको सुदूरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रूपमा रहने छ ।

महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न मुल समिति सहित २३ उप समिति रहने छन । सुरक्षाको दृष्ट्रिकोणले पूर्णरुपमा अत्याधुनिक सि सि क्यामराले निरिक्षण गरिनेछ भने निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिने छ ।

यो महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागी सम्भावनाहरुको खोजी गर्दे यस क्षेत्रको पर्यटन विकास,सांस्कृतिक कला,खानपान,भाषाको संरक्षण गर्दे व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरिय जिवनमा यो महोत्सव सहयोग सावित हुनेछ ।

सम्वृद्ध सुदूरपश्चिम वनाउने अभियान अन्तरर्गत यो महोत्सव १६ औ संस्करणको रूपमा सम्पन्न गर्न अगाडी वढेका छौ ।

महोत्सवको मुख्य प्रयोजक ,विभिन्न विधाका प्रायोजक वनि सहयोग गरिदिन हुन संघ,प्रदेश,स्थानिय सरकार ,सरकारी तथा गैरसरकारी संस्था,व्यवसायिक कम्पनि ,वैङ तथा वित्तिय संस्था,उद्योगी व्यवसायी सम्पूर्णमा अनुरोध गर्दछौ ।

सुदूरपश्चिमको पर्व सुदूरपश्चिम महोत्सवलाई देश तथा विदेशमा प्रचार प्रसार गरी सम्पूर्णको घर आगनमा महोत्सवको सुचना पुगाई महोत्सवलाई सफल वनाउन सवै पत्रकार साथीहरुलाई यही पत्रकार सम्मेलन वाट अनुरोध गर्न चाहान्छु ।

यो महोत्सव सवैको भएको हुदा सवै राजनितिक दल,तिन तहको सरकार,सरकारी तथा गैर सरकारी संस्था,पत्रकार,विद्यार्थी, उद्यमी व्यवसायी आम देश विदेशमा रहनुहुने महानुभावहरुलाई आफनो आफनो तर्फवाट अधिकतम सहभागीता जनाई महोत्सवलाई सफल वनाईदिन हुन अनुरोध गर्दछु ।
यो महोत्सव सुदूरपश्चिमको मात्र नभइ राष्ट्रकै महोत्सवको रूपमा विकास गर्न सम्पूर्ण पत्रकार तथा संचारकर्मी,स्थानिय तथा राष्ट्रिय स्तरमा संचालित सम्पूर्ण संचारकर्मी ,संचार संस्था सवैवाट रचनात्मक सहयोग,सुझावको अपेक्षा गरेका छौ ।

र अन्तमा सुदूरपश्चिम महोत्सव २०७८ अवलोकन गरौ,सहभागी वनौ र भब्यरुपमा सफल पारौ । धन्यवाद ।।
  

 पुष्पराज कुंवर
 अध्यक्ष
कैलाली उद्योग वाणिज्य संघ

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार