पीएम कप छनौट : कैलाली बाहिरियो , बैतडी फाइनलमा

पीएम कप छनौट : कैलाली बाहिरियो , बैतडी फाइनलमा

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्र्तगत लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो ।

बैतडीले दिएको १९९ रनको लक्ष्य पन्छाएको कैलाली ३०.५ ओभरमा १६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको पारी खेलपनि हार टार्न नसक्दा कैलालीका प्रतियोगिताबाट बाहिरिएको हो । कैलालीको पारी ध्वस्त पार्ने क्रममा बैतडीका लागि विरेन्द्र नाथ,प्रदीप चन्द र गजेन्द्र बोहराले २÷२ विकेट हात पारे ।

त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बैतडीले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा १९८ रन बनायो । जसमा नरेन भट्टले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६० रन बनाए । कैलालीका लागि नरेन साउँदले सर्वाधिक ३ विकेट हात पारे ।

नरेन म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल मंगलबार कभर्डहल मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । फाइनलमा कञ्चनपुर र बैतडी आमने सामने हुनेछन् ।

कञ्चनपुर समूह ए बाट शिर्ष स्थानमा रहदै र बैतडी समूह बी को शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । पुस १४ गतेदेखि शुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता रहेको थियो ।

सहभागी मध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुदैंछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार