फेरि पश्चिमी वायुको अर्को प्रणाली सुदूरपश्चिम सहित देशैभर सक्रिय, सचेत रहन आग्रह

आज रातिदेखि वर्षा र हिमपातको सम्भावना

अचानक धनगढीमा हावाहुरी सचेत रहन आग्रह

काठमाडौं: फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने मौसमविदको अनुमान छ। उक्त प्रभाव देशभरमै पर्ने बताइएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने बताएको छ।  मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी देखिने छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।  यो समयमा सबैमा सचेत रहन मौसम पूर्वाअनुमान महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार