केशव मिश्रद्धारा काँग्रेस कैलालीको सचिवमा उम्मेदवारी घोषणा (भिडियो सहित)

केशव मिश्र

धनगढी : काँग्रेस कैलालीको सचिवमा केशव मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै मिश्रले सचिव पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । पार्टीलाई थप सशक्त र मजबुत बनाउन आफूले उम्मेदवारी दिएको उनले बताए ।

”पार्टीका तथा यहाँका हरेक मुद्दा उठाएको छु,’उनले भने ‘पार्टीका हरेक संघसंगठन लाई मजबुत बनाउन मैले सचिव पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।” लामो समय देखि काङ्ग्रेसका काममा जोडिएको मान्छे र काङ्ग्रेसको अभियानमा निरन्तर हिन्ने सिपाही हुँ । मैले जहाँ उभिए त्यहाँ सबैका मनोभावना समेटेर काम गरेको छु, उनले भने ।

काङ्ग्रेसको रूपान्तरण र पुस्ता हस्तान्तरणमा पनि म पात्र बन्न सक्छु। मेरो क्षमता सबैले देख्नुभएको छ मेरो जित्ने आधार यही हो । अहिले सम्म एउटै बिचार समूहको साथीहरू चुनावमा होमिएकाले सहमतिमै नेतृत्व चयन हुन सक्ने सम्भावना छ ।

सहमति नभए प्यानल बन्ने उनको भनाई छ । आफू संस्थापन पक्षबाटै चुनाव लड्ने उनले बताए । उनी २०५४ सालबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार