धनगढीको नेपाल वेस्टर्न म्यानेजमेन्ट इन्जीनेरिङ्ग कलेज देशभरमै उत्कृष्ट नतिजा ल्याउन सफल

नेपाल वेस्टर्न म्यानेजमेन्ट इन्जीनेरिङ्ग कलेज धनगढी

धनगढी : नेपाल वेस्टर्न म्यानेजमेन्ट इन्जीनेरिङ्ग कलेज धनगढीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक परीक्षामा कलेजले उत्कृष्ट नतिजा हात पारेको हो ।

कलेजले बिबिए बीआई र बीएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस पटक बिबिए बीआई कार्यक्रममा ८१ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नीराजन कुँवरले युनिभर्सिटी टप गरेका छन् । भने ९ जना डिक्टीन्सनमा पास भएका छन् ।

बि.एच.एम संकायमा कुल ४८ जना सहभागी भएको मा १९ जना डिक्टीन्सन मा उर्तिण हुन सफल भएका छन् ।

विगतका परीक्षाहरूमा पनि पटक/पटक युनिभर्सिटी मै उत्कृष्ट नतिजा दिँदै आइरहेकोमा यस पटक कोरोना महामारीले शैक्षिक वातावरण प्रभावित हुँदा पनि समग्रमा एकदमै नतिजा आएको नेपाल वेस्टर्न म्यानेजमेन्ट इन्जीनेरिङ्ग कलेज प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार