नेकपा एमाले कैलालीको निर्वाचन कार्य तालिका सार्वजनिक !

एमाले कैलाली अधिवेशन

धनगढी : नेकपा (एमाले) कैलालीको निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष लगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार, केही बेरअघि मतदाता नामावली सार्वजनिक गरिएको हो ।निर्वाचन कार्यक्रम अनुसार दिउसो ३ बजेदेखि ३:३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।

यस्तै ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले जानकारी दिए । आजै साझ ७:३० देखि ८:३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए ।

आइतबार बिहान ८:३० बजेदेखि १:३० बजेसम्म मतदान हुने कार्यतालिका छ । भने दिउँसो ३ बजेबाट मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ । मतगणना सकिए लगत्रै निर्वाचन परिणाम सार्वजनिक गरिने छ । जिल्ला अध्यक्ष लगायतका सदस्य चयनका लागि सहमतिको प्रयास गरिए सहमति जुटेन् ।

सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया शुरू गरिएको हो । जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन् ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार