एमाले कैलालीको उप-सचिवमा युवा नेता शाह भिड्दै, भन्छन्,’युवाका आवाजलाई बुलन्द गर्छु’

शाहको उम्मेदवारी किन ?

एमाले कैलालीको उप-सचिवमा युवा नेता शाह भिड्दै, भन्छन्,'युवाका आवाजलाई बुलन्द गर्छु'

धनगढी : नेकपा एमाले कैलालीको उप-सचिवमा इन्जिनियर समेत रहेका युवा नेता विनय शाहले उम्मेदवारी दिएका छन् । १६ वर्ष अघि २०६२ सालमा अनेरास्ववियुबाट नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका शाहले शनिबार उपसचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा निवर्तमान पार्टी अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा होमिएका बेला शाहले भने साझा उम्मेदवारका रुपममा प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले कैलालीको महाधिवेशन आयोजक कमिटिमा समेत रहेका शाह निवर्तमान जिल्ला कमिटि सदस्य समेत हुन् ।
राजनीतिमा युुवा पुस्ताको उपस्थितीलाई मुुख्य एजेण्डा उठाउँदै आएका शाहले पार्टीको आन्तरिक गुुटबन्दी र अराजकताका विरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

  • यस्तो छ, शाहको १६ वर्षे राजनीतिक यात्रा :

२०६२ सालमा काठमाडौँको नेपाल कलेज अफ इनफर्मेसन टेक्नोलोजी(एनसीआईटी) बाट पार्टीको भातृ संगठन अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन् । विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै आर्जन गरेको लोकप्रियताकै कारण २०६६ सालमा शाहले पोखरा विश्वविद्यालयको इकाइ कमिटि अध्यक्षको जिम्मेवारी पाए ।

पोखरा विश्वविद्यालयमा इकाइ कमिटि अध्यक्षका रुपमा काम गर्दा संगठनलाई बलियो बनाउन शाहले खेलेको भूमिकाकै कारण उनी त्यसको करीब दुुई वर्षपछि अनेरास्ववियुकै केन्द्रीय कमिटिको सदस्य भए । २०७२ सालमा एमालेको भातृ संगठन युवा संघको केन्द्रीय कमिटि सदस्यमा बनेका शाह जिल्लादेखि प्रदेश हुुँदै अ‍ेरास्ववियुु र युुवा संघको राष्ट्रिय राजनीतिमा आफ्नो पकड जमाउँदै गए ।
शाहसँग एसियाली विद्यार्थी संघको महासचिव, विश्व प्रजातान्त्रिक युुवा संगठनको अन्तराष्ट्रिय सम्मेलन आयोजक कमिटि सदस्य र कैलाली जिल्ला सदस्य भएर काम गरेको अनुुभव छ । उनी पेशाले इलेक्ट्रोनिक एण्ड कम्युुनिकेशन इन्जिनियर र सिस्टम इन्जिनियर समेत हुन् । शाहले इनटरनेशनल रिलेसनसिप माटर्सका रुपमा पनि काम गरिसकेका छन् ।

  • शाहको उम्मेदवारी किन ?

नेकपा एमाले कैलालीका निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित निर्वाचनमा होमिएका बेला उनी उपसचिवका साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन् । अहिलेसम्म कुनै पनि प्यानलमा नखुुलेका शाहले मुुख्य रुपमा युुवाहरुको आवाज बुुलन्द गरेर उनीहरुलाई राजनीतिमा स्थापित गर्ने एजेण्डा अघि सारेका छन् । ‘युुवाहरु अब भातृ संगठनको राजनीतिमा मात्र नभएर पार्टी राजनीतिमा पनि आउनुुपर्छ भन्ने हाम्रो माग छ । युुवा पुस्ताको आवाजलाई पार्टीभित्र सशक्त रुपमा राख्नका लागि उपसचिव पदमा मेरो उम्मेदवारी हो,’ शाह भन्छन् ।

उनले कैलाली र सुदूरपश्चिम प्रदेशममा पार्टीलाई एक नम्बरको पार्टी बनाउने, विकास निर्माणका एजेण्डामा पार्टी भित्र र बाहिर बहस चलाउने, पार्टी भित्र मौलाउदै गएको गुुट उपगुटलाई निरुत्साहित गर्न, जबजलाई आधारभुत रुपमा कार्यकर्तामाझ पुुर्याउन, पार्टीमा मौलाउँदै गएको व्यक्तिवाद अन्त्य गर्नका लागि समेत उम्मेदवारी दिइएको बताए ।

अगामी स्थानीय चुनावमा कैलालीका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा एमालेका उम्मेदवारलाई जिताउन उत्प्रेरकका रुपमा रातदिन खटिएर भूमिका निर्वाह गर्दै जिल्लालाई देशभरमै नमूना जिल्लाका रुपमा चिनाउन कटिबद्ध रहेको उनले बताए ।

पार्टीलाई सामूहिक निर्णयबाट चल्न दबाब सिर्जना गर्न, गरिब,बेसहारा र पीडित समुदायको सहारा बन्न, कैलाली मात्र नभएर सुदूरपश्चिम प्रदेशमै सम्भावना बोकेका ठाउँहरुलाई राष्ट्रिय एजेण्डा बनाउन, सार्वजनिक हितका कार्यमा पार्टीलाई चलायमान बनाउन, पार्टीलाई देशभरीमै प्रविधीमैत्री पार्टीका रुपमा स्थापित गर्न, २१ औँ शताब्दीको युुग सुहाउँदो सूचना प्रणालीको विकास र व्यवस्थित गर्न पार्टी नेतृत्वमा पुुगेर भूुमिका खेल्ने भनाई शाहको छ ।

शाहले उपसचिव पदमा सबैको साझा उम्मेदवार भएकाले स्वविवेक प्रयोग गरेर आफूूलाई विजयी गराउन समेत महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार