हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढीद्वारा १वर्षमा लक्ष्य भन्दा बढी नाफा आर्जन

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढीद्वारा १ वर्षमा लक्ष्य भन्दा बढी नाफा आर्जन

धनगढी : हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढीले एक वर्षमा ८८ लाख २३ हजार रुपैयाँ नाफा गरेको छ । आइतबार सहकारीको सम्पन्न १३ औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा ८८ लाख २३  हजार ५ सय २७ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा ८६ लाख ८९ हजार करयोग्य आम्दानी गर्ने लक्ष्य लिइएको थियो । जुन लक्ष्य भन्दा माथि उपलब्धि हासिल भएको सहकारीले जनाएको छ । कोभिड १९ र  विभिन्न उतारचढावका बिच २०७७/७८ सम्म आई पुग्दा सो सहकारीको पुँजी २ करोड ५५ लाख १२ हजार रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा १७.४४ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

यस्तै सहकारीको निक्षेप गत आर्थिक वर्षको तुलनामा ३०.३३ प्रतिशतले बढेर ३६ करोड ७३ लाख ४० हजार २ सय ३६ कायम भएको छ । जुन गत वर्षको भन्दा ७६.७३ प्रतिशतले वृद्धि भएको सहकारीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ करोड ५० लाख शेयर रकम थप गरी आर्थिक वर्षमा ४ करोड ७० हजार शेयर रकम पुरा गर्ने लक्ष्य लिएको छ । यस्तै ९ करोड ५५ लाख निक्षेप गरी ४५ करोड निक्षेप लक्ष्य पुरा गर्ने जनाएको छ ।

यस्तै सहकारीले आर्थिक वर्ष २०७८-७९ मा एक हजार शेयर सदस्य थप गरी  तीन हजार आठ सय सेयर सदस्य पुर्‍याउने लक्ष्य लिएको छ । संस्थाका सदस्यहरूलाई सिप तथा तालिम प्रदान गरी  पुँजी उपलब्ध गराउने सहकारीले जनाएको छ ।

त्यस्तै, सहकारीको १३ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश सकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले हिमशिखर दौडिरहेको बताउँदै सहकारीको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

सहकारीले धनगढी उप-महानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकासम्म शाखाहरू विस्तार गरेको छ । सहकारीले १३ औ वार्षिक उत्सवको अवसरमा २०७७ पुस २३ गते रक्तदानको समेत आयोजना गरेको थियो । जसमा २५ जनाले रक्तदान गरेका थिए ।

यस्तै कोरोनाका कारण जारी गरिएको बन्दाबन्दीमा बेखर्ची भएका विपन्न परिवारलाई सामाजिक उत्तरदायित्व अन्तर्गत ४० हजार बराबरको खाद्यान्न उप-महानगरपालिका मार्फत वितरण गरेको थियो ।

यस्तै कोभिड १९ को महामारीमा उप-महानगरपालिकाको अगुवाइमा भएको अक्सिजन प्लान्ट जडानका लागि एक लाखको योगदान गरेको सहकारीले जनाएको छ । भने १३ औँ वार्षिक साधारण सभाको अवसर पारी कर्मचारी, शेयर सदस्य लगायतका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार