नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान जारी

नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान जारी

कैलाली : नेकपा एमाले कैलालीको नेतृत्वको लागि मतदान सुरु भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो ।

अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ ।

सचिवमा दानबहादुर बिक र डेजी पाण्डेको उम्मेदवारी छ । उपसचिबमा मदन ओझा प्रेम चौधरी ममता चौधरी लोकेन्द्र साही र बिनय शाहको उम्मेदवारी परेको छ ।

सदस्यहरुको केही क्षेत्रमा भने हिजो नै निर्विरोध भइसकेको छ । कैलालीमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार