मोदीलाई विप्लव माओवादीको चेतावनी, ‘साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलित शब्दलाई विश्व शब्दकोश र कानुनबाट हटाउनु पर्ने बताएका छन् ।

काठमाडौं : नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति नेपाल सरकारदेखि राजनीतिक दलहरु मौन छन् ।

संसद बाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने उनको भनाइप्रति आपत्ति जनाएको छ । सोमबार नेकपा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले वक्तव्य निकाल्दै सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु सर्मनाक रहेको बताएका छन् ।

‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यवादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि सर्मनाक विषय हो ।’

नेकपाले भारत सरकारलाई ‘साम्राज्यवादी हर्कत’ तुरुन्त बन्द गर्न अपिल गरेको छ भने नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

त्यस्तै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको ठहर पनि नेकपाले गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार