नेकपा एमाले जिल्ला अधिवेशन : कैलालीमा मतदान सकियो, मतगणना राती ९ बजेबाट हुँदै

सोमबार विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिएको थियो

एमाले जिल्ला अधिवेशन : कैलालीमा मतदान सकियो, मतगणना राती ९ बजेबाट हुँदै
तस्बिर : सामाजिक सञ्जाल

धनगढी : नेकपा एमालेको कैलालीको सोमबार भएको निर्वाचनको गणना आज राती ९ बजेबाट हुने भएको छ । नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि सोमबार चुनाव भएको थियो ।

धनगढीमा आज सोमबार विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिएको थियो । जिल्ला अधिबृेशनमा ६०९ मतदाता रहेकोमा ५८९ जनाले मात्रै मतदानमा भाग लिएका थिए ।

यसक्रममा हालका अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्दको नेतृत्वमा दुईवटा समूह बनेका थिए । चन्द प्यानलमा सीताराम बुढाथोकी उपाध्यक्ष, डेजी पाण्डे सचिव, लोकेन्द्र शाही र ममताप्रसाद चौधरी उपसचिवका उम्मेदवार छन् ।

यस्तै, थापा प्यालनबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर विक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेदवार रहेका छन् ।

चन्द प्यानलले पदाधीकारीमा पूर्व माओवादीलाई उम्मेदवार बनाएको छैन भने थापा प्यानलले सचिव र उपसचिवमा पूर्व माओवादी पक्षलाई उम्मेदवार बनाएको छ । थापा प्यानलबाट अहिले्का सचिव दानबहादुर विक र उपसचिवमा प्रेम चौधरी उम्मेदवार छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार