सुदूरका ट्राफिक प्रमुख गौतमको पहलमा, कैलालीमा ‘रिफ्रेस सेन्टर’ सञ्चालन

सुदूरका ट्राफिक प्रमुख गौतमको पहलमा, कैलालीमा रिफ्रेस सेन्टर सञ्चालन

धनगढी : कैलालीको घोडाघोडीमा चालक तथा यात्रु रिफ्रेस सेन्टर सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिका वडा न. २ साडेपानीमा नव निर्मित यात्रु रिफ्रेस सेन्टरको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक  पुरुषोत्तम कडेंलले उद्घाटन गर्नुभएको हो ।

घोडाघोडी नगरपालिका वडा न.०२ का अध्यक्ष हरिराज बिष्टको सक्रियता र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको पहलमा सो चालक तथा यात्रु रिफ्रेस सेन्टरको स्थापना गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घोडाघोडी नगरपालिका वडा न.०२ का अध्यक्ष हरिराज बिष्टको अध्यक्षता सम्पन्न भएको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेंल रहनुभएको थियो ।

त्यस्तै, सो कार्यक्रममा विशिष्ट अतिथि घोडाघोडी नगरपालिकाका कार्यकारी प्रशासकीय प्रमुख खगेन्द्र बहादुर, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम,  जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी  सहितको उपस्थिति रहेको थियो ।

May be an image of ९ people and people standing

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार