SKIP THIS

धनगढी उप-महानगरपालिका

आज सुदूरपश्चिममा माघे सङ्क्रान्ति र माघी मनाइँदै !

सुदूरपश्चिममा पहाडी समुदायले माघे संक्रान्ती र राना थारु समुदायले माघी मनाउँदै

आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

माघे संक्रान्तिको अवसरमा  सनातन संस्कारमा जलाशयहरूमा  स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको हुन्छ । हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गर्छन्। आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा , ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ।

थारु, मगर र छन्त्याल समुदायल भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ ।

सरकारले यसै वर्षदेखि माघे संक्रान्तिलाई राष्ट्रिय पर्व घोषणा गरेको । राष्ट्रिय पर्व घोषणासँगै आज मुलुकभर सार्वजनिक बिदा दिइएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिने निर्णय गरेका छ ।

थारु जातिको संस्कृति अनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार