मोटरसाइकलको ठक्करबाट कैलालीमा महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मोटरसाइकलको ठक्करबाट कैलालीमा महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका-४ की ५५ वर्षीय मनसरा न्यौपानेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएकी मनसरको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । ठक्कर दिने मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार