सुदूरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैङ्क बस एनआरएनए द्वारा हस्तान्तरण

एनआरएनए मोबाइल ब्लड बैङ्क बस

सुदूरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैङ्क बस एनआरएनए द्वारा हस्तान्तरण

धनगढी : सुदूरपश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैङ्क बस आज धनगढीमा एनआरएनए अध्यक्ष कुमार पन्तले धनगढी उप-महानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त मोबाइल ब्लड बैङ्क बसका लागि संसार भरका एनआरएनहरू , एनआरएनएका राष्ट्रिय समितिहरू , सुदूर पश्चिम अन्तर्राष्ट्रिय समाजका शाखाहरू , देश विदेशका सुदूर पश्चिमलाई माया गर्ने दाताहरू , सङ्घ संस्थाको सहयोग रहेको एनआरएनएका नि वर्तमान कोषाध्यक्ष हिक्मत थापाले बताउनु भयो ।

उक्त बस हस्तान्तरण कार्यक्रममा एनआरएनए का अन्तर्राष्ट्रिय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जिवा लामिछाने , नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौड्याल , केन्द्रीय सल्लाहकार कुल आचार्य , उपाध्यक्ष डा. बद्री केसी लगायत अन्य पदाधिकारी , स्थानीय सरकारकारका प्रतिनिधि सरोकार वालाहरुको उपस्थिति रहेको थापाले बताउनु भयो ।

धनगढी उप-महानगरपालिकाको संरक्षकत्वमा रहने गरी , नेपाल रेडक्रस सोसाइटी कैलालीले सुदूर पश्चिमका सबै जिल्लाहरूमा यसको सेवा सञ्चालन गर्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार