मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ (भिडियो)

मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ

धनगढी : मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् ।

मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।

विष्टकाअनुसार बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट उनीहरुले मोबाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ ।

सोही मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अप्रेशनका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चोरी गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि दुुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

ग्लोबल मोबाइल ग्यालरीका सञ्चालक सुबास रावलले पसलबाट दुई वटा मोबाइल चोरी भएको थाहा पाएपछि सीसीटीभी फुटेज हेर्दा प्रहरीले नै चोरी गरेको भेटिएको बताए । उनले प्रहरीले चोरी गरेको भेटिएपछि सीसीटीभी फुटेजसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

बिहीबार प्रहरीले उक्त मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा हानेको थियो । सो क्रममा मोबाइल ग्यालरी सञ्चालक रावलका भाइ पर्ने दोर्णबहादुर रावलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्दै उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार