माओवादी स्थायी कमिटी बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

माओवादी स्थायी कमिटी बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेको छ । आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने विपयमा छलफल भएको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने बताए ।

संयन्त्रको बैठकमा छलफल भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनको भनाई छ । अहिले सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन् ।

गठबन्धनका शीर्ष नेताहरु लगातार छलफलमा जुटेपनि निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा सहमति जुट्न सकेको छैन् । आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्नसकिने प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै तीन वटै तहको निर्वाचन यहि वर्षभित्र हुने बताएपनि कहिले हुने भन्ने बारेमा केही बोलेनन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार