प्रहरी उपरीक्षक धितालले सम्हाले सुदूरपश्चिम प्रदेशको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

प्रहरी उपरीक्षक धितालले सम्हाले सुदूरपश्चिम प्रदेशको ट्राफिक प्रहरीको जिम्मेवारी

धनगढी : सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रूपमा सरुवा भई आएका प्रहरी उपरीक्षक प्रवीण धितालले आज (सोमबार) कार्यभार ग्रहण गरेका छन् ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय आएका बस्नेतले सोमबार कार्यभार ग्रहण गरेका हुन । प्रहरी उपरीक्षक धिताललाई प्रहरी अधिकृतहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक बामदेव गौतमलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा गरेपछि उनको स्थानमा धिताल आएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार