नेता नागरीले गरे प्रगतिशील युवा क्लबलाई सहयोग !

परिवार दलका सुदूरपश्चिम संयोजक नागरीले गरे प्रगतिशील युवा क्लबलाई सहयोग

धनगढी : बैतडीको प्रगतिशील युवा क्लबलाई विभिन सामग्रीहरु सहयोग गरिएको छ । नेपाल परिवार दलका सुदूरपश्चिम संयोजक खडक नागरीले युवा क्लबलाई भलिबलसहितका सामग्री सहयोग गरेका हुन् ।

उनले क्लबका अध्यक्ष करन भट्टलाई चार थान कुर्सी, भलिबल र रजिस्ट्रर हस्तान्तरण गरेको हुन् । क्लबलाई अहिलेसम्म कुनै पनि निकायले सहयोग नगरेको अवस्थामा युवा नेता नागरीले भने सहयोग गरेका हुन् । आफू र आफ्नो पार्टीको तर्फबाट क्लबलाई सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

क्लबका अध्यक्ष र अन्य सदस्यहरूले युवा नेता नागरीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । पार्टीको लागि भट्टनाका स्थानीयहरूले सहयोग गर्ने बाचा गरेका छन् । भने सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल परिवार दल बैतडी जिल्लाका युवा नेता सुदर्शन भट्ट पनि सहभागिता रहेको थियो ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार