बझाङमा वडा अध्यक्ष र सचिवलाई विप्लव कार्यकर्ताले दले मोसो

बझाङमा वडा अध्यक्ष र सचिवलाई विप्लव कार्यकर्ताले दले मोसो

बझाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् ।

वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्ववियु(क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु(क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरीत कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्ववियु(क्रान्तिकारी)ले दाबी गरेको छ ।

बझाङमा विप्लव कार्यकर्ताले वडा अध्यक्ष र सचिवलाई दले मोसो

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार