कैलाली बहुमुखी क्याम्पसको सुदूरपश्चिममै उत्कृष्ट नतिजा, ९ जनाले ल्याए ७० प्रतिशत बढी अङ्क

बिबिएस सङ्काय

कैलाली बहुमुखी क्याम्पसले ल्यायो सुदूरपश्चिममै उत्कृष्ट नतिजा, ७० प्रतिशत बढी अङ्क ल्याउने ९ जना

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी शैक्षिक नगरी धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसले बिबिएस सङ्कायबाट सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हालसालै त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बिबिएस तेस्रो वर्षको नतिजाबाट कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी हरूले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बबिएस तेस्रो वर्षको नतिजाबाट सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा क्रमशः प्रदीप जोशी पहिलो ७८.८० प्रतिशत, नीरज दाहाल दोस्रो ७७.८० प्रतिशत, चन्द्र बोगटी र महेश रिजाल समान ७४.६० प्रतिशत ल्याइ तेस्रो भएका छन् । भने छत्र भण्डारी ७३.२० प्रतिशत अङ्कका साथ चौथौँ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हुन सफल भएको कैलाली बहुमुखी क्याम्पसका बिबिए संकायका विभागीय प्रमुख दिनेश पौडेलले जानकारी दिए । पौडेलले फाइनान्स विषयमा ९३ अङ्क ल्याउन सफल विद्यार्थी प्रदीप जोशीलाई एक हजार रुपैंया पुरस्कार स्वरूप प्रदान गरेका छन् । भने उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् ।

यस्तै, उल्लेखित उत्कृष्ट ४ मा नतिजा निकाल्न सफल ५ विद्यार्थी सँगै दिनेश भट्ट, पूर्ण साउँद, स्वस्तिक जयरु र अर्जुन देव भट्ट गरी जम्मा ९ जनाले बबिएस तेस्रो वर्षको नतिजामा ७० प्रतिशत भन्दा माथि नतिजा हासिल गर्न सफल भएको अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष यमराज जोशीले जानकारी दिए । जोशीले पनि ७० प्रतिशत भन्दा माथि नतिजा हासिल गर्न सफल ९ जना र उत्तीर्ण हुने सबै मेधावी विद्यार्थीहरूलाई बधाई सँगै धन्यवाद ज्ञापन गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार