एकताको हातेमालो सक्षम विद्यार्थी समाज डोटी द्वारा मास्क वितरण

एकताको हातेमालो सक्षम विद्यार्थी समाज डोटीले मास्क वितरण गरेको छ ।

धनगढी : एकताको हातेमालो सक्षम विद्यार्थी समाज डोटीले मास्क वितरण गरेको छ । ‘विद्यार्थी नै सभ्य समाज रूपान्तरणको खम्बा हो’ भन्दै शनिवार समाजले जिल्लाको शिखर नगरपालिका वडा नम्बर ४ मा ११ पाकेट मास्क वितरण गरेको हो ।

मास्क वितरणका लागी विद्यार्थी समाजलाई सेतिफार्मेसीले १ पाकेट, शिव साउँद र गोपाल माझिले ५ पाकेट सहयोग गरेका थिए । सहयोगीहरू प्रति धन्यवाद दिँदै अब यसरी नै निरन्तर यात्रामा डोटी जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने सह-सचिव बविता ढाँटले जानकारी दिइन् ।

यस्तै, डोटीका हरेक क्षेत्रका सामाजिक समस्या, विपद् को समयमा आइपर्ने चुनौती, भेदभाव, बालविवाह, भ्रष्टाचार, किशोर किशोरी सम्बन्धी विशेष परामर्श,आधारभूत कानुनी ज्ञान, बालबालिकालाई शिक्षाको पहुँच, भेदभाव, शोषण, बलात्कार, दुर्व्यवहार, हत्या हिंसा सरकारका हरेक नराम्रा पक्षमा आवाज उठाउने, राम्रो पक्षलाई साथ सहयोग गर्ने छौ यस्ता हरेक सामाजिक समस्याहरू, विकृतिहरू तथा कुसंस्कार बन्ध गर्न एकताको हातेमालो सक्षम विद्यार्थी समाज डोटीले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

त्यस्तै, सम्पूर्ण अग्रज, समाजसेवी, बुद्धिजीवी, गुरु वर्ग, पत्रकार, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, व्यापारी, नेपाल प्रहरी कर्मचारीहरू को साथ, सहयोग, हौसला, माया प्रदान गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दै एउटा सुशासन, सभ्य, समाज निमार्ण गरी नै छाड्ने एकताको हातेमालो सक्षम विद्यार्थी समाज डोटीका अध्यक्ष सन्तोष बोहराले बताए ।

मास्क वितरण कार्यक्रममा त्यहाँ स्थित प्रहरी तथा एकताको हातेमालो सक्षम विद्यार्थी समाजका अध्यक्ष सन्तोष बोहरा, सचिव विनोद बलायर, उपाध्यक्ष कल्पना बोहरा र सह-सचिव बविता ढाँट लगायतका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार