एसपी अधिकारीको कमाण्डमा लागुऔषधविरुद्ध ‘हाम्रा सन्ततिको भविष्य बचाउ’ अभियान, ६ महिनामा १०७ जना पक्राउ

१ सय ७ जना लागू औषध सहित पक्राउ...

एसपी अधिकारीको कमाण्डमा 'हाम्रा सन्ततिको भविष्य बचाउ' अभियान, कैलालीमा ८७ प्रतिशत बढी लागु औषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको लागू औषध विरुद्ध ‘हाम्रा सन्ततिको भविष्य बचाउ’ अभियान प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको कमाण्डमा लागू औषध विरुद्ध हाम्रा सन्ततिको भविष्य बचाउ नारा आत्मसाथ गर्दै सञ्चालित अभियान प्रभाकारी बन्दै गइरहेको हो ।
कैलालीमा लागु औषध प्रयोगकर्ता तथा कारोबारीहरूको सङ्ख्या बढ्दै गइरहेको बेला सो जालो तोड्न सुचारु गरिएको अभियान अन्तरगत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा कैलाली जिल्लामा ५ जना महिला र १ सय २ जना पुरुष गरी जम्मा १ सय ७ जना लागू औषध सहित पक्राउ परी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सो अवधिमा गत वर्ष को तुलनामा मुद्दा दर्ताको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत वर्ष ५७ जना उपर मुद्दा चलाइएको थियो । गत वर्ष ४३ वटा मुद्दा दर्ता भएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा ७२ वटा मुद्दा दर्ता  भएका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा प्रहरीले १ सय ९९ ग्राम ४ सय ३७ मिलिग्राम खैरो हिरोइन, ५ सय ५८ ट्याब्लेट नाईट्राभेट, ५ सय ५५ क्याप्सुल स्पास्मो, २३ किलो १ सय ४० ग्राम ५ सय ६७ मिलिग्राम चरेस, ८० क्याप्सुल नाईट्राजपाम, प्रोवयल स्पाम २३ क्याप्सुल लगायत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, पक्राउ पर्नेमा १६ वर्ष देखि २५ वर्ष सम्मका १ सय ७ जनामा ६१ जना अर्थात् ४२.९९ प्रतिशत र २६ देख ३५ बर्ससम्मका ३७ जना अर्थात् ३४.५७ प्रतिशत रहेको कैलाली प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मुद्दाको सङ्ख्याको आधारमा हेर्दा गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ६७.४४ प्रतिशत र मानिस पक्राउको सङ्ख्या हेर्दा  ८७. ७१ प्रतिशतले लागु औषधका मुद्दा तथा प्रयोग कर्ता र कारोबारी पक्राउ सङ्ख्या बढेको प्रहरी उपरीक्षक अधिकारीको भनाई रहेको छ । ”म कार्यभार सम्हालेर कैलाली आउँदा चासोको विषय लागु औषध नियन्त्रण हुनुपर्छ भन्ने थियो । सोही हिसाबले हाम्रा सन्ततिको भविष्य बचाउ भनेर विशेष अभियान सुचारु गरेका थियौँ । र यो ६ महिनाको अवधिमा हामीले १ सय ७ जना लागु औषध तथा कारोबारीलाई पक्राउ गरेका छौँ । जुन गत वर्षको तुलनामा ८७ प्रतिशतले बढी छ । पहिलो वर्ष यो सङ्ख्या कम थियो ।” उहाँले भन्नुभयो ।
यो तथ्याङ्क हेर्दा लागु औषध प्रयोग कर्ता तथा कारोबारीको सङ्ख्यामा कमी आएको भन्दा पनि वृद्धि भएको जस्तो देखिन्छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै प्रहरी उपरीक्षक अधिकारीले, ”खुला सिमाना, सीमा पारी लागू औषधको सहज उपलब्धता, बालबालिकाहरूमाथि अभिभावकको निगरानीको कमी, गलत सङ्गत र प्रहरीसम्म सूचना सम्प्रेषणको अभावका कारण कैलाली, कञ्चनपुरमा लागू औषध प्रहरीका लागि मात्र नभई सिङ्गो समाजका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । अहिले प्रहरीले विशेष कार्यक्रम सञ्चालनमा ल्याई लागू औषध विरुद्ध सक्रिय रूपमा लागेको छ । प्रहरीको सक्रियताका कारण उल्लेखित सङ्ख्यमा कारोबारी र प्रयोग कर्ता पक्राउ परेका हुन् । यो बढ्दै गइरहेको भन्दा पनि नियमन, नियन्त्रणमा प्रहरी सक्रिय रूपमा लागिपरेकोले कानुनी दायरामा आउने सङ्ख्या बढेको हो । जसले गर्दा अलिकति भए पनि लागु औषधको नियन्त्रणमा सकारात्मक भूमिका खेलेको हामीले बाहिरबाट पाएका छौँ ।” उहाँले भन्नुभयो ।
यसै गरी, लागू औषधमा संलग्न जो कोही लाई कानुनको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय कैलालीको अभियान जारी रहने बताउँदै प्रहरी उपरीक्षक अधिकारीले तपाई हाम्रो घर परिवारकै व्यक्ति कुलतमा फसेको हुन सक्ने र नभए यही समाजको व्यक्ती हुने भएकोले प्रहरी सँग हातेमालो गर्दै लागु औषध प्रयोग कर्ता र कारोबारी नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार